गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट ८ जना पक्राउ, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विभिन्न यातायात कार्यालय आसपास सक्रिय समूहले छिटो सेवा दिलाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने र प्रक्रियामा बाधा सिर्जना गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको हो।

उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई काठमाडौँका सानोभर्‍याङ र गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ।

कारबाहीका क्रममा उनीहरूबाट नगद रु. १ लाख २२ हजार र ५३ थान बिलबुकसमेत बरामद गरिएको छ।

प्रहरी वृत्त स्वयम्भू र थानकोटबाट खटिएको टोलीले छुट्टाछुट्टै स्थानबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *