संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

Thankot Times

थानकोट ।

संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ ।

सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।

बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *