स्कुटर चोरीको आरोपमा चन्द्रागिरिका युवा समातिए, टेस्ट राइडको बहानामा फुत्काएका थिए स्कुटर
थानकोट ।
स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजना युवा नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-१ बस्ने ३१ वर्षीय युवालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
गत चैत २ गते बा.प्र.०२-०४३ प ५३७६ नम्बरको स्कुटर बिक्रीको लागि अनलाईन विज्ञापन गरेकोमा सोही दिन ती युवाले भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटबाट उक्त स्कुटर टेष्ट गर्छु भनि लिएर गई फरार भएको घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध शाखा थिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तीनकुनेबाट उक्त स्कुटरसहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त थिमी पठाइएको प्रहरीले जनाएको छ ।
एआईबाट सृजित प्रतिकात्मक तस्बिर













