नेपालमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोलको बिक्री मूल्य लिटरको २१९ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको २०७ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आइतबार मात्र पेट्रोलियम पदार्थको भन्सार शुल्क र पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियोे । तर, छुट पश्चात् पनि निगमको घाटा पूर्ति नभएको भन्दै मूल्य वृद्धि गर्नु परेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *