राउटर जोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
थानकोट ।
झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइ राउटरको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको हो ।
बिहीबार (चैत २६) राति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नांगो छोइँदा करेन्ट लागेर घटनास्थलमै बास्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएको छ । थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।













