मातातिर्थ मेलाको तयारी पूरा, श्रद्धालुलाई स्नान गर्न डीप बोरिङ्गको जल
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं ६ स्थित मातातिर्थ कुण्डमा भोलि (शुक्रबार) लाग्ने औंशी मेलाको तयारी सकिएको छ ।
आमाको सम्झनामा पूजा तथा श्राद्ध गर्न वैशाख कृष्ण औंसी (भोलि) का दिन हजारौं श्रद्धालुहरु मातातीर्थ उक्लने गर्दछन् ।
वैशाख कृष्ण औंसीको दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिएको छ।
आमा नभएकाहरुले भने आमालाई तर्पण, पिण्ड तथा सिदा दान गर्छन्।
मातातिर्थ संरक्षण तथा विकास संस्थाले स्नान मेला व्यवस्थापनका लागि विभिन्न १०वटा उपसमिति गठन गरेको छ ।
श्रद्धालुहरूले सहज रुपमा स्नान गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए । उनका अनुसार श्रद्धालुहरूले २०-३० मिनेटभित्र स्नान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मेला व्यवस्थापनका लागि नेपाल प्रहरीले नागरिक सहायता कक्षको व्यवस्था गरेको छ भने महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विगतमा झैं यसवर्षपनि मेला अवधिभर कुण्ड तथा धारामा पानीको समेत व्यवस्थापन गर्नेछ । मातातिर्थ कुण्डमा पानी सुकेको कारण यस वर्षपनि श्रद्धालुहरूले डीपबोरिङको पानीले स्नान गर्नेछन् ।
उसो त पछिल्लो १ दशकदेखी मातातिर्थ औंशी मेलामा डीपबोरिङको प्रयोग हुँदै आएको छ ।
मेलाका दिन मातातिर्थ क्षेत्रमा विभिन्न संघसंस्थाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने समझदारी भएको बताइएको छ । मेला व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्द्रागिरि नगर प्रहरी, स्थानीय संघ संस्थाका स्वयंसेवक, विद्यार्थीहरू लगायत खटिने गरी तयारी भइरहेको छ ।
मातातिर्थ क्षेत्रमा पुग्ने सडक मार्गहरू भोलि शुक्रबार प्रभावित हुने बताइएको छ ।
मातातिर्थ क्षेत्रमा पुग्ने श्रद्धालुहरूले आ-आफ्नो सवारी साधन महालक्ष्मी मन्दिर (ज्येष्ठ नागरिक पार्क), भकुण्डे चाैर तथा गुर्जुधारा क्षेत्रसम्म मात्रै प्रयोग गर्न पाउने ट्राफिक प्रभाग थानकोटले जनाएको छ ।
मेलास्थल वरपर व्यापारीहरूले अनेक सामानको स्टल राखेका छन भने मनोरञ्जनका लागि पिङहरूसमेत टाँगिएका छन् ।
यसैबीच हरेक औंशी तिथिका दिन मातातिर्थ कुण्डमा हुने सन्ध्याकालीन आरती आज आयोजना गरिएको छ । आरतीमा सहभागी हुन बागमती प्रदेश मन्त्री विन्दु श्रेष्ठ, सांसद् यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायत मातातिर्थ पुगेका थिए ।
मेलाका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि शुक्रबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिएको छ ।
मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते स्थानीय सार्वजनिक बिदा












