स्रोत नखुलेको रकमसहित कलङ्कीबाट २ जना पक्राउ
थानकोट ।
स्रोत नखुलेको रकमसहित दुई जना कलंकीबाट पक्राउ परेका छन् ।
बुधबार राति प्रहरीले स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।














