काठमाडौं महानगर प्रहरीलाई स्ट्यान्डबाई बस्न सीडीओ कार्यालयको निर्देशन
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका नगर प्रहरी बललाई स्ट्यान्डबाई बस्न निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने योजनाअनुरूप सो निर्देशन दिइएको हो ।
नगर प्रहरी बलका प्रमुख एसपी विष्णु जोशीले बिहीबार माइकिङ गरिएको जानकारी दिए ।
“आज आफैँ खाली गरिदिन माइकिङ गरेका छौँ । सीडीओ कार्यालय काठमाडौंबाट स्टयान्डबाई बस्नु भनेर निर्देशन छ । सोही अनुसार, तयारी अवस्थामा छौँ,” जोशीले भने, “भोलि शुक्रबार, पर्सि शनिबार र आइतबार कुन दिन गर्ने एकीन हुन बाँकी छ ।”
बिहीबार दिउँसो सीडीओ कार्यालयमा बैठक बसेको थियो ।














