मलमासले एक महिना लम्ब्यायो मच्छिन्द्रनाथ रथयात्रा

Thankot Times

थानकोट ।

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथको भोटो जात्रा एक महिना ढिला हुने भएको छ ।

मलमास परेकाले जात्रा एक महिना लम्बिएको हो ।

मच्छिन्द्रनाथमा संग्लन ज्योतिषिहरूले रथ यात्राको साइत हेर्दा असार ३ गते उत्तम साइत जुरेको हो ।

ज्योतिषिहरूले निकालेको साइतअनुसार लगनखेलको थटीटोलमा रहेको रथलाई सोही दिन नै जावलाखेल पुर्‍याइने छ ।

जसले गर्दा जात्रा एक महिना लम्बिएको छ ।

जेठ ३ देखि मलमास परेको छ ।

मलमासको बेला एक महिनामा धार्मिक पूजा विधिहरू समेत गर्न नहुने मान्यता रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *