डीएसपीहरुको सरुवा; प्रहरी वृत्त थानकोटमा आउँदै दिपक बहादुर केसी, एलिजा गिरी हेडक्वारटर पुगिन
थानकोट ।
नेपाल प्रहरीले १४९ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा तथा काज व्यवस्थापन गरेको हो ।
नेपाल प्रहरीको सरुवा सूची अनुसार प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी नायब उपरीक्षक एलिजा गिरी नेपाल प्रहरी प्रधान कार्यालय पुगेकी छन् । उनी यहाँ २०८२ बैशाख दोश्रो सातादेखि वृत्त प्रमुखका रुपमा कार्यरत थिइन् ।
अब थानकोट वृत्तमा अब कमान्ड सम्हाल्न प्रहरी नायब उपरीक्षक दिपक बहादुर केसी आउने भएका छन् ।
उनी हाल गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेको बताइएको छ।











