नागढुङ्गा सुरुङ मार्गको धादिङतर्फ प्रभावित क्षेत्रका लागि रोजगारीको अवसर (७ दिने सूचना)

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्ग सञ्चालनका लागि आयोजनाले कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।

आयोजनाले सुरुङ मार्ग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूबाट रोजगारी आवश्यकता रहेमा सूचीकृत हुने वातावरण मिलाइदिन स्थानीय निकायसँग सहयोग मागेको बताइएको छ ।

जसअनुसार धादिङको धुनिवेशी नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरक्षेत्रमा नागढुङ्गा सुरुङ मार्ग आयोजना प्रभावित क्षेत्रका बरोजगार व्यक्तिहरूले सात दिनभित्र निवेदन दिन अनुरोध गरेको हो ।

१८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका सुरुङमार्गमा काम गर्न इच्छुक बेरोजगार (महिला, पुरुष)ले माग भएको कागजातहरूसहित नगरपालिकाको कार्यालयमा निवेदन दिन भनिएको छ ।

सुरुङ मार्गमा अप्राविधिक कर्मचारी भर्ना गर्न सकिने र स्थानीय प्रभावित क्षेत्रका व्यक्तिहरू मध्येबाट रोजगारी प्राप्तिका लागि प्राथमिकीकरण गर्न आयोजनाले स्थानीय तहसँग समन्वय गर्न लागेको हो । देशकै पहिलो आधुनिक सुरुङ मार्ग चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिका निर्माण भएको छ । जुन यही महिनाको अन्तिम सातादेखि परीक्षणका रुपमा सञ्चालन गर्ने तयारी छ।

चन्द्रागिरि नगरपालिकातर्फका आयोजना प्रभावितहरूका लागि रोजगारीका लागि सहजीकरण सम्बन्धी सूचना हालसम्म प्राप्त नभएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *