एमाले सचिवालय बैठक भोलि शनिबार पनि बस्ने

Thankot Times

थानकोट ।

नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केही बेरअघि सकिएको हो ।

यसअघि गत सोमबार सचिवालय बैठक डाकिएको थियो । तर, उक्त दिन कुनै पनि प्रस्तावमाथि छलफल भएनन् ।

बैठक शुक्रबारका लागि सारिएको थियो ।

त्यसअघि ओलीले पार्टी नेताहरूको कार्यविभाजन प्रस्ताव गरेका थिए ।

भट्टका अनुसार आज ५ उपाध्यक्षले बोलेका छन् ।

बाँकी पदाधिकारीले भोलि बोल्ने कार्यतालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ