यसवर्ष सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

Thankot Times

थानकोट ।

यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म ९०० जनाभन्दा धेरै आराेहीले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका हुन् ।

यकिन विवरण भने आउन बाँकी छ ।

आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १००० जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ ।

गएको वैशाख ३१ गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात जेठ १५ सम्म सञ्चालन हुनेछ ।

यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमति लिएका छन् ।

उनीहरुबाट झण्डै एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ