नेपाली काँग्रेस निकट महिला संघको केन्द्रीय कार्यसमितिले पायो पूर्णता

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस निकट महिला संघको केन्द्रीय कार्यसमिति पूर्ण भएको छ। संघकी अध्यक्ष मिनाकुमारी खरेलले मंगलबार कार्यसमितिलाई औपचारिक रूपमा पूर्णता दिइएको जानकारी दिएकी हुन्।

उनका अनुसार नेपाली काँग्रेसका सभापति गगन थापाले उनलाई अध्यक्षमा मनोनीत गर्दै संगठनात्मक संरचना पूर्ण बनाउने जिम्मेवारी दिएका थिए। सोही कार्यादेश अनुसार आवश्यक सदस्यहरू समेटेर कार्यसमिति विस्तार गरिएको अध्यक्ष खरेलले बताइन्।

पार्टीभित्र महिला संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्यसहित समितिलाई पूर्णता दिइएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *