नेपाली क्रिकेट खेलाडी वर्गीकरण, पहिलोपटक ए प्लस श्रेणीमा तीन खेलाडी

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको छ ।

संघले सार्वजनिक गरेको सूचीअनुसार कुल ३८ जना पुरुष खेलाडीलाई पाँच विभिन्न श्रेणीमा समावेश गरिएको छ ।

अघिल्ला वर्षहरूमा ए प्लस श्रेणी नरहेकोमा यस वर्षदेखि उच्चतम स्तरको रूपमा उक्त श्रेणी लागू गरिएको हो ।

नयाँ ए प्लस श्रेणीमा एक दिवसीय टोलीका कप्तान रोहित पौडेल, टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी तथा राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने समावेश भएका छन् ।

क्यानका अनुसार ए प्लस श्रेणीमा परेका खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

नयाँ वर्गीकरणले राष्ट्रिय क्रिकेट संरचनामा खेलाडी प्रोत्साहन र व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *