आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला रहने

Thankot Times

थानकोट ।

आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ ।

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै बिहीबार र शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *