राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित
थानकोट ।
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न चुनावमा प्रतिस्पर्धी डा. परितोष पौडेललाई हराउँदै उप्रेती बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् ।
उप्रेतीले ५ मत पाउँदा पौडेलले ३ मत पाएका छन् ।
बैंकको विनियमअनुसार सातवटै प्रदेशका ७ जना प्रतिनिधि सञ्चालक सदस्यबाट एक जना अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।
सोही ७ जनाको भोटिङमार्फत उप्रेती अध्यक्ष चयन भएका हुन् ।
यसअघि उनी बैंकको लेखा सुपरीवेक्षण समितिका संयोजक रहेका थिए भने कोशी प्रदेशबाट सञ्चालकका लागि सर्वसम्मत भएका थिए ।












