रास्वपा कीर्तिपुर नगर सभापतिमा केशव महर्जन निर्वाचित, सचिव गोलाप्रथाबाट टुंगो लगाइयो

Thankot Times

थानकोट ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कीर्तिपुर नगर कमिटि सभापतिमा केशव महर्जन निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न सो पार्टीको कीर्तिपुर नगरको पहिलो अधिवशेनबाट महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

सभापति पदमा महर्जन ७६ मत पाउँदै विजयी हुँदा विटुराज थापाले ७२ मत पाए । उपसभापतिमा ज्योति आचार्यले ८२ मत पाउँदा रोशा श्रेष्ठले ५५ र कल्पना थापाले १० मत पाइन् ।

सचिवमा अर्जुन सिंह र रविन कँडेलले समान ७३-७३ मत पाएपछि गोलाप्रथाबाट विजयी टुंगो लगाइएको थियो ।

यस्तै, सहसचिवमा सुशील बास्कोटा निर्विरोध हुँदा सदस्य पदमा पनि सबै निर्विरोध भएको रास्वपाले जनाएको छ ।

रास्वपा कीर्तिपुर नगर कमिटि सदस्यहरूमा क्रमश अमर महर्जन, अनिल पाैडेल, दिपक महर्जन, ममिका नेपाली परियार, लक्ष्मी महर्जन, खोमनाथ प्याकुरेल, सरस्वती रिजाल चुनिएका छन् ।

नगर कमिटिका थप २ जना सदस्य भने सभापतिले मनोनयन गर्ने प्रावधान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *