राजदूत बन्न दरखास्त आह्वान, आवेदन दिने अन्तिम मिति २२ जेठसम्म
थानकोट ।
सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
परराष्ट्र मन्त्रालयले ‘टर्म्स अफ रिफरेन्स : एम्बासडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका, भारतलगायत १३ देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।
आवेदन दिने अन्तिम मिति २२ जेठसम्म तोकिएको छ ।
यसलाई नेपालको इतिहासमै पहिलो खुला राजदूत आवेदन प्रक्रिया मानिएको छ ।
चार वर्षको कार्यकालको लागि विभिन्न १५ योग्यता पनि निर्धारण गरेको छ ।
यी हुन् १५ योग्यताका सूचकः
१. ३५ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने
२. नेपाल सरकारले मान्यता दिएको विश्वविद्यालयबाट स्नातक चाहिँ कम्तीमा पनि पास गरेको हुनुपर्ने
३. सरकारी सेवाबाट निस्काषन वा भविष्यमा अयोग्य भएको हुनुनपर्ने
४. विदेशमा अस्थायी वा स्थायी बसोबास गरेको हुन नहुने
५. भ्रष्ट्राचार वा नैतिक आचारमा अदालतले दोष देखाएको नहुनुपर्ने
६. नेपालको बहुपक्षीय तथा दुईपक्षीय कूटनीतिक क्षेत्रको अनुभव बटुलेको वा काम गरेको हुनुपर्ने
७. नियोग भएको क्षेत्रमा आफूले गर्ने काममा पोख्त भएको हुनुपर्ने
८. अंग्रेजी जान्नैपर्ने तर आफू काम गर्न चाहेको देशको भाषा पनि जाने अतिरिक्त राम्रो
९. पोस्ट हुने देशमा कुनै स्वार्थको सम्बन्ध हुनु नहुने
१०. स्वदेशी तथा विदेशी दाताले सहयोग गरेको संस्थाको जागिरे भएको हुनु नहुने
११. उच्च नैतिक चरित्र भएको हुनुपर्ने
१२. जस्तोसुकै अवस्थामा पनि काममा खटिन सक्ने
१३. नेपाल सरकार वा कुनै पनि विदेशी संस्थाबाट कालो सूचीमा भएको हुन नहुने
१४. विदेशी दाताको तलब खाएको हो भने पनि कम्तीमा दश वर्ष कुलिङ पिरियड हुनुपर्ने ।
१५. कूटनीतिक भियना सन्धिका सवालमा जानकार हुनुपर्ने












