मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लाग्ने
थानकोट ।
सरकारले विद्युत खपतमा सहुलियत दरको मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने व्यवस्था गर्ने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाइने व्यवस्था गरिने बताएका हुन्।
मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर लाग्ने भएको हो।












