डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावास खारेज गरिने

Thankot Times

थानकोट ।

सरकारले कूटनीतिक नियोगहरूको पुनर्संरचना गर्ने क्रममा केही नेपाली दूतावास, महावाणिज्य दूतावास तथा दूतावासका शाखा कार्यालय खारेज गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बदलिँदो आर्थिक कूटनीति तथा स्रोत व्यवस्थापनलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जानकारी दिएका हुन्।

बजेटअनुसार डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावास खारेज गरिनेछ। त्यसैगरी, चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास पनि खारेज गरिने भएको छ।

भारतको विशाखापट्टनमस्थित नेपाली दूतावासको शाखा कार्यालय समेत खारेज गर्ने सरकारको योजना रहेको छ।

सरकारले कूटनीतिक नियोगहरूको प्रभावकारिता, खर्च व्यवस्थापन र आर्थिक कूटनीतिक प्राथमिकतालाई ध्यानमा राख्दै विदेशस्थित नेपाली नियोगहरूको संरचना पुनरावलोकन गर्ने नीति लिएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ