रास्वपा बागमतीकाे अधिवेशन ३० जेठमा काठमाडौंमा हुने, विद्युतीय मेसिनबाट मतदान

Thankot Times

थानकोट ।

हेटौँडामा स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयन काठमाडौंमा हुने भएको छ ।

बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया ३० जेठमा हुने भएको हो ।

काठमाडौंको धुम्बाराहीमा प्रदेश नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका र मतदान सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

यसअघि २७ जेठमा प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको हो ।

३० जेठमा (आागामी शनिबार) शंखपार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान हुने भएको छ ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समयावधि तोकिएको छ । मतदान विद्युतीय माध्यमबाट हुने निर्वाचन समितिले बिहीबार सूचना निकालेर जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *