नेपाली कांग्रेसको सदस्यता नवीकरण म्याद आज सकिँदै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या चार लाख ५७ हजार ३६६ पुगेको छ ।

योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरेका हुन् ।

यस्तै, एक लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका महामन्त्री प्रदीप पाैडेलले जानकारी दिए ।

कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजकसमेत रहेका पाैडेलले क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

अद्यावधिक गर्ने म्याद आज राति १२ बजे सकिँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *