नख्खु कारागारबाट फरार कैदी श्रेष्ठ पक्राउ

Thankot Times

थानकोट ।

ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका कैदी सुनिल श्रेष्ठ पक्राउ परेका छन्।
दोलखाको सैलुङ गाउँपालिका–८ निवासी ४४ वर्षीय श्रेष्ठलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९, मुढेबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई पुनः नख्खु कारागार पठाइएको छ। श्रेष्ठ डाँका चोरी मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेका बेला २०८२ फागुन २४ गते कारागारबाट फरार भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *