सेफ सन्तोष साह पक्राउ

Thankot Times

थानकोट ।

सेफ सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।

गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।

उनीहरु  दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ