हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन

Thankot Times

थानकोट ।

नेपाली रङ्गमञ्चका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन भएको छ ।

अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आइतबार बिहान निधन भएको हो ।

हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत कलाकार शर्माको निधन भएको जानकारी दिएका छन् ।

पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगबाट थिए ।

उनले टेलिफिल्म ‘चतुरेको दाउपेच’ सहित थुप्रै टेलिफिल्म र फिल्ममा अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *