चन्द्रागिरि नगरमा आजबाट ढक तराजु जाँच शिविर सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरमा आजबाट ढक तराजु जाँच शिविर सञ्चालन हुँदैछ ।
गुणस्तर तथा नापताैल कार्यालय त्रिपुरेश्वरका प्रतिनिधिसहित चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन हुन लागेको हो।
चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट सुरू हुने सो शिविर असार १४ गतेसम्म जारी रहने नगरको आर्थिक विकास शाखाले जनाएको छ।
शिविर नगरका विभिन्न छ स्थानमा सञ्चालन हुनेछ।
ढक तराजु परीक्षणका क्रममा व्यापारी, व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको छायाँप्रति, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति समेत संलग्न गर्नुपर्नेछ ।
साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा सो को बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने बताइएको छ ।
आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने अपेक्षा गरिएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ ।
यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिन आज थानकोटस्थित साझाघरमा ढक तराजु जाँच एवं नवीकरण हुनेछ ।
शिविर बिहान ९ः३० बजेबाट परान्ह ४ः३० बजेसम्म जारी रहने बताइएको छ ।
सूचना हेराैंः











