प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  मंगलबार मध्याह्न प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच आधा घण्टा छलफल भएको हो।

प्रधानमन्त्री शाहलाई भेट्न सभामुख अर्याल मंगलबार मध्यान्ह १२स्२० बजे प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।

उनीहरुबीच मध्याह्न १२स्५५ बजेसम्म भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *