सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १ सय ४० रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार भने चाँदी तोलामा चार हजार ७  सय ३० रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *