नैकापबाट समातिए १८ वर्षीय किशोर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१३ बालकुमारी मन्दिर नजिकबाट प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नैकाप बस्ने ती १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *