रास्वपा महाधिवेशनअन्तर्गत मतदान बिहान १० बजेसम्म जारी रहने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।
मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् ।
असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने बताइएको छ ।










