राप्रपा काठमाडाैं जिल्ला कमिटिमा पहिरो, चन्द्रागिरि नगर अध्यक्षले पनि दिए राजिनामा
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र विचारमा विचलन आएको भन्दै काठमाडौंका विभिन्न तहमा कार्यरत नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् । राप्रपाका नेता तथा काठमाडौं राप्रपा अध्यक्ष नवराज सिंखडाले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेका कारण आफूहरूले संयुक्त राजीनामा बुझाएको स्पष्ट पारेका छन् ।
“राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको र भनाइ र गराइमा एकरूपता नरहेको कारणबाट राप्रपा काठमाडौंले संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ,” उनले लेखेका छन् ।
राजीनामा दिनेमा सो दलका चन्द्रागिरि नगर अध्यक्ष रञ्जन कुमार गिरी समेत छन् ।










