जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
थानकोट ।
नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडस्थित एक घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










