कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय चालकको मृत्यु
थानकोट ।
काठमाडौंको कलंकी पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।









