नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल थप ६ दिन थुनामै रहने

Thankot Times

थानकोट ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।

उता, पौडेलकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हाल विचाराधीन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *