नैकापबाट चोरी भएको स्कुटर फेला पर्यो, २ जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका नयाँ नैकापबाट असार २७ गते बिहान चोरी भएको स्कुटर फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार बा ७२ प ९४९६ नम्बरको स्कुटरसहित सो स्कुटर चोरीमा संलग्न भएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी वृत्त थानकोटबाट हराएको उक्त स्कुटर खोजी गर्ने क्रममा स्कुटरसहित दुई जना पक्राउ परेका हुन् ।
यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।









