कीर्तिपुरमा जलेको कारभित्र एक व्यक्ति भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

कीर्तिपुुरमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका छन् ।

कीर्तिपुरस्थित चाँदनीचोकमा कारसहित एक जना जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कारभित्र एक व्यक्ति जलेको खुलेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *