सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला, यस्तो छ स्वकीय सचिवले पाउने सेवा सुविधा

Thankot Times

थानकोट ।

सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसदका सदस्यहरूले राजपत्रांकित तृतीय श्रेणीका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, सभामुख र राष्ट्रियसभा अध्यक्षले राजपत्रांकित विशिष्ट श्रेणी (रा.प.विशिष्ट) सरहका एक जना प्रमुख स्वकीय सचिव राख्न पाउनेछन् ।

साथै, उनीहरूले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका एक–एक जना स्वकीय सचिव पनि नियुक्त गर्न सक्नेछन् ।

विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा समितिका सभापतिले पनि राजपत्रांकित द्वितीय श्रेणीका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको छ ।

स्वकीय सचिवालयका कर्मचारीले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् ।

उनीहरूको पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था नेपाल राजपत्रमा उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *