कलिउडमा समेत योगदान दिएका बलिउड अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

Thankot Times

थानकोट ।

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।

रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गर्नुभएको छ ।

चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’मा अश्वत्थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नुभएको थियो । पछि लगान, गजिनी, राउडी राठौरलगायत धेरै फिल्ममा खलनायकको अभिनय गर्नुभएको थियो । रावतका श्रीमती र छोरा विक्रमादित्य हुनुहुन्छ ।

उहाँले ‘ह्रस्व दीर्घ’, ‘आ बाट आमा’ लगायत नेपाली फिल्म क्षेत्रमा पनि योगदान पुर्‍याउनुभएको छ । अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले पनि उहाँको निधनमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *