बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा थानकोटका ईश्वर लामा निर्वाचित

Thankot Times

थानकोट ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा चन्द्रागिरि नगरपालिका–४ थानकोटका ईश्वर लामा निर्वाचित भएका छन्।

संस्थाको शनिबार सम्पन्न १०औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट लामा अध्यक्षमा विजयी भएका हुन्। लामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको कार्यकारी सदस्य समेत हुन् ।

अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा लामा ७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनाले ४२ मत प्राप्त गरे ।

विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्का ८३ मतसहित विजयी भए ।

प्रथम उपाध्यक्षमा केशव कासुला तथा द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध चुनिए । सचिवमा रामप्रसाद तिमिल्सिना विजयी भए ।

कोषाध्यक्ष पदमा यसु प्रधान, सहसचिवमा पुरुषोत्तम रेग्मी, सहकोषाध्यक्ष पदमा निकेश घिमिरे विजयी भए ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको कार्यकारी सदस्यमा ईश्वर लामा निर्वाचित

पेट्रोलियम पदार्थको बिक्री-वितरणमा संलग्न व्यवसायीहरूको साझा संस्था बागमती पेट्रोलियम डिलर्स एशोसिएशनले व्यवसायीहरूको हकहित संरक्षण, पेशागत समस्या समाधान तथा पेट्रोलियम क्षेत्रको व्यवस्थित विकासका लागि काम गर्दै आएको छ।

निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै बागमती पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले आगामी कार्यकालमा पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सक्रिय भूमिका निर्वाह गर्ने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ