तीनथानाबाट चारजना युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथाना गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेटसहित चार जना समातिएका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुधबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरूमा माथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।











