मलेसियामा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

Thankot Times

थानकोट ।

मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछानेसहित १४ सदस्यीय टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली प्रतियोगिताअघि भारतमा १० दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ । टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन् ।

आउँदो भदौ १४ गतेदेखि शुरु हुने प्रतियोगितामा १० टोली सहभागी हुँदैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह ‘बी’ मा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् ।

तालिकाअनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ १४ गते बहराइनसँग खेल्नेछ । समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल भदौ २७ गते हुनेछ ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *