बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासले आज विश्वासको मत लिँदै

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

तर, मुख्यमन्त्री बानियाँले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुवैको समर्थन नपाएसम्म सरकार जोगाउन आवश्यक बहुमत बानियाँसँग छैन् ।

एमाले र नेकपाबीच सत्ता सहकार्यको विषयमा सहमति भए पनि दुवै दलभित्र देखिएको आन्तरिक विवादका कारण बानियाँले विश्वासको मत लिने प्रयास गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *