काठमाडौँ महानगरका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले ३६ वटा सामुदायिक विद्यालयहरूका लागि प्रधानाध्यापक (प्रअ) पदमा दरखास्त आह्वान गरेको छ।

महानगर अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन लागेका प्रअ पदपूर्तिका लागि मंगलवार सूचना जारी गरिएको हो।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) र महानगरपालिकाको निर्णयानुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट दरखास्त माग गरिएको महानगरपालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ