सुनको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।

मंगलबार (भदौ ९) नेपाली बजारमा सुन प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोही परिणामको सुन तीन लाख २२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला चार हजार ९०० मा किनबेच भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *