सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ ।

आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

अस्ति बुधवार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो ।

कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको भाउ ३ हजार ६०० रुपैयाँले र सोमवार १ हजार ६०० रुपैयाँले बढेको थियो ।

मंगलवार चाहिँ सुनको भाउ सोमवारजस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ