कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सुरु
थानकोट ।
कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आज (भदाै ११) बाट अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

दन्त सेवामा अनुभवी दन्त चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीमार्फत बाङ्गो-टिङ्गो दाँत मिलाउने उपचार, दाँत तथा मुखसम्बन्धी सर्जिकल उपचार, क्राउन तथा ब्रिज लगायतका आवश्यक दन्त उपचार सेवा उपलब्ध हुने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अस्पतालमा दन्त स्वास्थ्य सेवा थपिएसँगै बिरामीले अन्य स्वास्थ्य सेवासँगै आवश्यक दन्त उपचार पनि एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
सबैका लागि सहज, सुरक्षित र गुणस्तरीय दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ सेवा थप गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
शहिद मेमोरियल अस्पताल व्यवस्थापन समिति अध्यक्ष तिर्थ प्रधानले बिहीबार अस्पतालमा दन्त सेवा सुरु भएको घोषणा गरेका हुन् ।
अस्पतालले हाल २४सै घण्टा आकष्मिक सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा, आइसियू सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालमा हाल १ सय शैय्या रहेका छन् ।











