थानकोटमा आयोजित रक्तदान शिविरबाट ११० पिन्ट रगत संकलन
थानकोट ।
थानकोटस्थित ब्रह्मकुमारी राजयोगले मंगलबार रक्तदान शिविर आयोजना गरेको छ।
रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने र आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविरमा थानकोट तथा आसपासका क्षेत्रका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
शिविरमा ११० पिन्ट रगत संकलन भएको छ ।
राजयोगिनी डा. प्रकाशमणि दादीको १९औं स्मृति र विश्व बन्धुत्व दिवसको अवसरमा मंगलबार रक्तदान शिविर सञ्चालन भएको हो ।
चन्द्रागिरि साकोस, परिश्रमी साकोस, चन्द्रागिरि हाइकर्स कम्युनिटि, मंगोलय बहुमुखी क्याम्पस, मंगलोदय मावि, पश्चिम विन्दु मावि, प्रभात मावि, भीम मावि, मोडेल स्कुल, थानकोट जेसिस, चन्द्रागिरि वडा नं. ३, ४ र ७, बागमती प्रदेश पेट्रोलियम एशोसियसन, हिमचुली बस्ती थानकोट लगायतका संघसंस्थाहरूको सहकार्यमा यो शिविर सञ्चालन गरिएको अगुवा पर्शुराम श्रेष्ठले जानकारी दिए ।
शिविरमा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।











