भोटेकोशी बाढी प्रभावितलाई दक्षिणकाली नगरपालिकाले १५ लाख सहयोग गर्ने

Thankot Times

थानकोट ।
काठमाडाैंको दक्षिणकाली नगरपालिकाले रसुवास्थित भोटेकोशी नदी बाढी प्रभावितको सहायतार्थ १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मेयर मोहन बस्नेतले जानकारी दिए ।

यस्तै, सो विपद्का कारण ज्यान गुमाएका दक्षिणकाली नगरपालिका वडा नं. ४ रोहन श्रेष्ठका परिवारलाई अन्तिम संस्कार सम्पन्न गर्न राहत स्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने समेत दक्षिणकाली नगरपालिका नगर विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *