भोटेकोसी बाढी प्रभावितहरुका लागि चन्द्रागिरि साकोसले ७ लाख ५१ हजार सहयोग गर्ने प्रतिबद्धता
थानकोट ।
गत भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले थानकोट चेकपोस्टमा मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग घोषणा गरेको छ।
उक्त संस्थाका, समिति/उपसमिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको संस्थाले जनाएको छ।
साथै, विपद्को यस कठीन घडीमा पीडीत परिवारहरुप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सहयोग सद्भाव र मानवीय सेवामा सबैलाई हातेमालो गर्न संस्थाले सबैमा अनुरोधसमेत गरेको छ ।












